समाचार

शुक्रबारदेखि काठमाडौंमा आँप महोत्सव

Banner

काठमाडौं,असार ६-

प्रथम नेपाल आँप फेस्ट-२०८१ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ । किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट आइतबारसम्म चल्नेछ । नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानलाई प्रोत्साहित गर्नु र उपभोक्तालाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्‍याउनु फेस्टको उद्देश्य रहेको आयोजकले जनाएको छ । सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर फेस्ट आयोजना गर्न लागिएको हो ।

फेस्टमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बमोइ, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>