समाचार

जुम्लाको हिमा गाउँपालिकामा पढाइ मेला

Banner

जुम्ला, असार ६-

जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनका लागि पढाइ मेला आयोजना गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि बालबालिकाको प्रतिभा पहिचान गर्ने उद्देश्यले मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

“विद्यार्थी, शिक्षक र अभिभावकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गर्ने, स्थानीय स्रोत साधनबाट विभिन्न सामग्री बनाउन विद्यार्थीलाई प्रेरित गर्ने, पठन सीपको विकास, सिकाइउपलब्धी हासिल गर्न तथा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न मेला गरिएको हो”, उहाँले भन्नुभयो ।

गाउँपालिका–१ स्थित रुपाकोट आधारभूत विद्यालयमा आयोजित मेलामा पालिकाका सात वडाका सबै विद्यालयले भाग लिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो । विद्यार्थीहरूले निर्माण सामग्री, उनीहरुले रचना गरेका कथा, कविता, निबन्ध, गीत तथा चित्रकला र हस्तकलाका सामाग्री मेलामा राखिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>