समाचार

दुग्ध किसानको भुक्तानीमा ३० करोड ऋण सकियो

Banner

काठमाण्डौँ, असार ०६-

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले दुग्ध किसानलाई भुक्तानी गर्न रु ३० करोड लिएको ऋण सकिएको जानकारी दिँदै थप भुक्तानीका लागि ऋण लिन दुग्ध विकास संस्थानलाई निर्देशन दिएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभयो ।

“मन्त्रालयले रु ३० करोड लिइ किसानको भुक्तानी गरिसकेको अवस्था छ”, मन्त्री साहले भन्नुभयो, “बाँकी भुक्तानीका लागि थप ऋण लिन संस्थानलाई निर्देशन दिएको छु ।” उहाँका अनुसार सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दैनिक एक लाख ५० हजार लिटरसम्म दुध सङ्कलन गरिरहेको र बाँकी दुध निजी दुग्ध उद्योगहरुले सङ्कलन गरिरहेका छन् । दुध खरिद गरेपछि प्रत्येक दिनमा किसानलाई भुक्तानी गर्दै आइरहेको उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>