समाचार

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

Banner

काठमाडौं, असार ६-

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप खेलेर नेपाली स्वदेश फर्किएको छ।

आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो। दुई समूह मध्ये पहिलो समूह आज बिहान बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ।

जारी विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँग सानो अन्तरले पराजित हुँदा नेपालले टेस्ट टोलीलाई पराजित गर्ने अवसर गुमाएको थियो।

अमेरिका लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल, नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

त्यस पछि वेस्ट इन्डिज गएको नेपाल दक्षिण अफ्रिकासँग १ रन र बंगलादेश सँग २१ रनले पराजित भएको थियो। दुबै खेलको अधिकांश समय विपक्षीलाई दवाबमा राखे पनि फिनिसिङ गर्न नसक्दा नेपाल पराजित भएको थियो।

यस विश्वकपबाट विशेष अनुभव बटुलेको नेपाली टोली अब आईसीसी लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुने छ।

लिग–२ मा नेपालको अर्को सिरिज सेप्टेम्बर हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>