समाचार

गैरकानुनी रूपले पोखरा बस्दै आएका १२ विदेशी पक्राउ, स्वदेश फिर्ता पठाइयो

Banner

पोखरा,असार ५-

पोखरामा गैरकानुनी रुपमा बस्दै आइरहेका विदेशीलाई स्वदेश फिर्ता पठाइएको छ। पर्यटक प्रहरी र जिल्ला प्रहरी कास्कीले यो तीन महिनामा गैरकानुनी रुपमा बस्दै आइरहेका कुल १२ विदेशीलाई उनीहरूकै देश फिर्ता पठाएको हो।

बुधबार पोखरा ६ लेकसाइबाट गैरकानुनी रुपमा बस्दै आएका क्यानडाका नागरिक र पोखरा १८ सराङकोटबाट जर्मनी नागरिलाई फेला पारी आवश्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए।

उनका अनुसार यो सँगै तीन महिनामा विदेश फिर्ता पठाउनेको सूचीमा १२ विदेशी नागरिक रहेका छन्। चालु अंग्रेजी वर्षको अप्रिलदेखि आजसम्म प्रहरीले गैरकानुनी रुपमा बसोबास गर्दै आएका युके, क्यानडा, जर्मन, इजरायल, चिली, कोस्टारिका र रिपब्लिक अफ कंगोको गरी १२ जना विदेशीलाई फिर्ता पठाएको जानकारी दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>