पत्रपत्रिका

संस्कृत विश्वविद्यालयको १३ सय २६ बिगाहामा दलहरूको रजाइँ

Banner

काठमाडौं, असार ५-

रजिस्ट्रार माधव अधिकारीका अनुसार विश्वविद्यालयको जग्गा कब्जा गरी माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेनिकटहरू सुकुमवासी बनेर बसेका छन्। नेपाल संस्कृत विश्वविद्यालयको एक हजार तीन सय २६ बिगाहा सुकुमवासीका नाममा हुकुमवासीले कब्जा गरेका छन्। माओवादी, एमाले र नेपाली कांग्रेसनिकटहरूले सुकुमवासीका नाममा उक्त जग्गा कब्जा गरेका हुन्।

यो समाचार आजको नागरिक दैनिकमा छ, दाङमा संस्कृत विश्वविद्यालयको एक हजार तीन सय ३६ बिगाहा जग्गा छ। त्यसमध्ये अहिले १० बिगाहा मात्र विश्वविद्यालयले उपयोग गर्छ, बाँकी सबै जग्गा दल निकटले सुकुमवासीका नाममा कब्जा गरेको रजिष्ट्रार प्राध्यापक माधव अधिकारीले बताए। माओवादी, नेपाली कांग्रेस र एमालेका प्रभावशाली नेताहरूले आफ्नो भोट बैंक सुरक्षित गर्न नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा गिद्दे नजर लगाएको विश्वविद्यालयका पूर्व र वर्तमान पदाधिकारी बताउँछन्।

दाङमा सञ्चालित जनता महाविद्यालयलाई दाङ देउखुरीका ५६ मजगैयाँ परिवारले २०११ सालमा १३ सय ३६ बिगाहा जग्गा दान दिएर संस्कृत शिक्षाको प्रवर्धनमा महत्त्वपूर्ण योगदान दिएका थिए। सरकारले आर्थिक स्रोत नदिएपछि मजगैयाँ परिवारले महाविद्यालय सञ्चालनका लागि जग्गा दान दिएका हुन्। उक्त जग्गाको आयस्ताबाट शिक्षक–कर्मचारीलाई तलब, विद्यार्थीलाई भोजन उपलब्ध गराएर अन्य खर्च पनि चलाइन्थ्यो। त्यतिबेला दाताले संस्कृत वाङ्मयको जर्गेना र विकासका लागि जग्गा दान दिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>