खेलकुद
रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको जीत

काठमाडौं, असार ५-
युरोकप २०२४अन्तर्गत पोर्चुगलले चेक रिपब्लिकलाई हराएको छ । जर्मनीको लाइपजिगमा मंगलबार राति सम्पन्न खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको हो । पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे । अर्को गोल पोर्चुगलले उपहार पाएको थियो । यता, चेक रिपब्लिकका लागि लुकास प्रोभोडले सान्त्वना गोल गरे ।
खेलको ६२औँ मिनेटमा लुकासको गोलमार्फत् शुरूआती अग्रता बनाएको चेक रिपब्लिकले अग्रता कायम राख्न सकेन। ६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अवस्थामा फर्किएको थियो । त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगललाई २-१ को पुनरागमन जीत दिएका हुन् । खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन् । रोनाल्डो ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् ।
सन् २००४ मा पहिलोपटक युरोकप खेलेका रोनाल्डोले त्यसपछि लगातार छौठौँपटक प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

























