अन्तर्राष्ट्रिय
टी–२० विश्वकपमा न्युजिल्यान्डको पहिलो जितः यूगान्डा ९ विकेटले पराजित
०

काठमाडौँ, असार १-
आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले हराएको छ । समूह ‘सी’ मा रहेको न्युजिल्यान्डको यो पहिलो जित हो । आज बिहान भएको खेलमा यूगान्डाले दिएको ४१ रनको झिनो लक्ष्य न्युजिल्यान्डले ५ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो । उसका डेभन कन्वेले २२ रन बनाए ।
त्यसअघि यूगान्डा १८ ओभर ४ बलमा मात्र ४० रनमा समेटिएको थियो । उसका केनेथ वाइसवाले ११ रन जोड्नुबाहेक अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि सुपर आठमा पुगिसकेका छन् । एजेन्सी