राजनीति
गाँजालाई वैधानिकता दिन एक महिनाभित्र कानुनी व्यवस्था हुन्छः गृहमन्त्री लामिछाने
०

काठमाडौं,जेठ ३२-
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिनाभित्र आवश्यक कानुनी प्रबन्ध गर्ने बताएका छन् । आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजालाई वैधानिकता दिन नीति बनाउनुपर्ने बताए ।
उपप्रधानमन्त्री लामिछानेले एक महिनाभित्र त्यसको एउटा राम्रो कानुनी प्रावधान निर्माण गर्ने बताए । उनले कानूनी प्रबन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि सुरु गर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























