राजनीति

नयाँ संसद् भवनमा ‘बार’ निर्माण गरौंः सांसद बजगाईं

Banner

काठमाडौं,जेठ ३२-

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको सुनाए ।

“२००६ तिर अमेरिकाको कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको थिएँ । सिनेटमा भ्रमण गर्ने पर्यटकलाई त्यहाँ बार बनाइँदो रहेछ,” उनले भने, “डेमोक्याट्सहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंग्स पनि खान पाइन्छ ।”

सांसद बजगाईंले बनिरहेको संसद् भवनमा बार निर्माण गर्न ध्यानाकर्षण गराए । “अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ,” उनले भने, “सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि रु यसमा ध्यानाकृष्ट गर्न चाहेको ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>