Breaking News

कावासोतीमा ढल खन्दा पुरिएर घाइते भएका दुई मजदुरको मृत्यु, एक जना बेपत्ता

Banner

नवलपुर,जेठ ३१-

कावासोतीको फलफुल चोकदेखि केही पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा पुर्‍याइएका मजदुरहरु तानमाया गाहा मगर र सोती रानाको मृत्यु भएको हो । उनीहरुलाई अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन् । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको भने खोजी कार्य भइरहेको छ ।

उनीहरु तीनै जना कावासोतीकै हुन् । घटना अहिले सांझ साढे ६ बजे भएको हो । नगरपालिकाले महेन्द्रराजमार्ग देखि उत्तरतर्फ पानीको निकासकालागि ८, ९ फिट गहिरो खाल्डो (नाला) खन्ने ३ जना महिला मजदुरहरु पुरिएका थिए । राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>