धादिङ
त्रिशुली नदीमा बेपत्ता धादिङका एक बालकको शव फेला, एक बेपत्ता
०

काठमाडौँ, जेठ २७-
त्रिशुली नदीमा बेपत्ता भएका दुई बालकमध्य एकको शव फेला परेको छ। हिजो (शनिबार) अपराह्न ४ बजे धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी बस्ने १५ वर्षीय युनिक सुवेदीको शव फेला परेको हो । तर, अर्का १३ वर्षीय रिदम रोइला भने अझै बेपत्ता छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले कपडा भेटिएको १०र१५ मिटरनजिक करिब २० फिट गहिराइमा शव फेला परेको हो। अर्को बालकको खोजी जारी छ।