समाचार

नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुको अवरोध,कहिले भित्रिन्छ ?

०
Banner

काठमाडौं,जेठ २७-

नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुले अवरोध गरेको छ । यसअघि भारतको सिक्किमसम्म आइपुगेको मनसुन नेपाल आउने सरदर मिति जुन १३ भन्दा ४–५ दिन अगाडि नै भित्रने अनुमान रहे पनि पश्चिमी वायुको प्रभावका कारण सरदर मितिकै आसपासमा भित्रने सम्भावना बढेको हो ।

अहिले पश्चिमबाट पूर्वतर्फ वहने हावाले सामान्य अवरोध गरेकोमा भरे राति वा भोलि बिहानदेखि पूर्वबाट पश्चिम वहने हावाको चाप बढ्ने भएकोले मनसुन भित्रन सहयोग पुग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन नेपाल भित्रिएको मापदण्ड पूरा हुने क्रममा रहेकोले मनसुन भित्रने सरदर मितिभन्दा ढिला नहुने सम्भावना छ ।

भरे रातिदेखि पूर्वबाट पश्चिम वहने हावाको चाप बढी भएमा सरदर मितिभन्दा एक-दुई दिन अघि नै मनसुन भित्रने सम्भावना रहने मौसमविद्ले बताएका छन् । मनसुनी प्रणाली पूर्वबाट पीश्चतर्फ बहन्छ । नेपालको पूर्वी भेगमा मनसुन प्रवेश गरेपछि पनि पश्चिम नेपाल पुग्न एक हप्तासम्म लाग्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>