समाचार

अझै केही दिन तराईमा अत्यधिक गर्मीको सम्भावना, दिइयो तातो लहरको चेतावनी

०
Banner

काठमाडौं,जेठ २६-

अझै केही दिन तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, ती भूभागमा अबका तीन दिन (जेठ २६ देखि जेठ २८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी शनिबार आठौँ विशेष बुलेटिन जारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>