राजनीति
भिभीआइपीहरूलाई नागढुंगादेखि गल्छीसम्म गाडीको सीसा खोलेर यात्रा गर्न सांसद लामाको आग्रह
०

काठमाडौं, जेठ २२-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले नागढुंगादेखि गल्छीसम्मको सडकमा यात्रा गर्न भिभीआइपी र भिआइपीहरूलाई आग्रह गरेकी छन्। बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै राप्रपा सचेतकसमेत रहेकी लामाले नागढुंगादेखि गल्छी सडकमा जनताले दुःख पाइएको बताइन्।
‘सम्माननीय र माननीयज्यूहरूलाई मेरो अनुरोध छ, नागढुंगादेखि बिना सुरक्षा र तामझाँमबिनै आफै गाडी चलाएर सीसा खोलेर यात्रा गरिदिनुस्,’ उनले भनिन्, ‘त्यहाँ जनताको समस्या देखिनेछ।’नागढुंगा-गल्छी सडक स्तरउन्नतीका काम भइरहेकोले पानी परेका बेला हिलो र घाम चर्केका बेला धुलो हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।
सांसद लामाले नागढुंगा(गल्छी सडकको विकल्पमा रहेको धार्के-भीमढुंगा-काठमाडौं सडक कालोपत्र गर्न पनि आग्रह गरेकी छन्।