खेलकुद
सन्दीपलाई भिसा नदिनुको कारण जानकारी गराउन कांग्रेस सांसदको माग
०

काठमाडौँ, जेठ २३-
क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सरकारसँग जवाफ मागेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बैठकमा उनले भने, ‘राष्ट्रिय खेलाडी सन्दीपको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’
विश्वकप खेल्न जानको लागि दुई पटक अन्तर्वार्तामा बोलाउँदा पनि अमेरीकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।