राजनीति
जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो
०

जनकपुर, जेठ २२-
जनता समाजवादी पार्टी नेपालको जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निमार्णाधीन मञ्च (टेन्ट पण्डाल) हावाहुरीले भत्काइदिएको छ । जसपा नेपालले प्रथम राष्ट्रिय महाधिवेशनका लागि जनकपुरधामको तिरहुतियागाछी मैदानमा मञ्च बनाइरहको थियो ।
एक महिनादेखि बनाइरहेको उक्त मञ्च निर्माण पूरा हुन केहीमात्र बाँकी हुँदा सोमबार राति आएको हावाहुरीले क्षति पुर्याएको हो । जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवका अनुसार २० हजार नेता कार्यकर्ता आट्ने क्षमताको सो पण्डाल निर्माणको अन्तिम चरणमा थियो ।
यादवका अनुसार पण्डाल एक महिनादेखि दर्जनौं मजदुरले निर्माण गरिरहेका थिए ।