राजनीति

लिङ्देन-उपसभामुखको सवाल जवाफपछि सदनमा एमाले र राप्रपाका दुई शाहीबीच घोचपेच

Banner

काठमाडौं, जेठ २२-

बजेटको छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोज्दै उपसभामुख इन्दिरा रानासँग सवाल जवाफ गरेपछि एमालेका सांसद दयालबहादुर शाहीले आपत्ति जनाएका छन्।

बजेटमाथि छलफलको क्रममा अर्थमन्त्री नभई आफू नबोल्ने अडान लिङ्देनले लिएपछि उपसभामुखसँग सवाल जवाफ भएको थियो।

सदनको रोष्ट्रममा उभिएर उपसभामुखसँग सवाल जवाफ भएपछि सांसद शाहीले उठेर सदन दोहोरी खेल्ने ठाउँ नभएको टिप्पणी गरे।

उनले भने, ‘सभामुखज्यू यो दोहोरी हो कि सदन हो हामीले संसदीय व्यवस्था विशेष गरी सदन, सभामुखको, केही समयअघि माननीय रामहरि खतिवडाबाट पनि त्यस्तै त्यस्तै भयो। कम्तीमा सदनको मर्यादा राख्नुपर्छ बोल्न गएपछि सरासर बोल्नुपर्छ। सभामुखसँग दोहोरी खेल्न हुँदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>