राजनीति

प्रचण्ड नेतृत्वको सरकारको आयु २/४ दिन मात्रै बाँकी छः उपेन्द्र यादव

Banner

काठमाडौं,जेठ २०-

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयु २/४ दिन मात्रै रहेको दाबी गरेका छन् । कपिलवस्तुको तौलिहवामा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

धोका दिन माहिर प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि धोका दिने उनले बताए । प्रचण्डले ओलीलाई समेत धोका दिइरहेको आरोप लगाउँदै उनले सरकारको आयु अब २/४ दिन मात्रै रहेको बताए । साथै उनले प्रधानमन्त्रीले बेइमानी गर्दै आफ्नो पार्टी फुटाइदिएको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>