राजनीति
ओलीको बोली फेरीयो, भने ‘बजेटप्रति असन्तुष्टि होइन’
०

काठमाडौँ, जेठ २०-
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त धारणा राखेका हुन् ।
सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा ‘असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने प्रतिक्रिया दिए । उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’
संसद्मा आइतबारबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते संसद्मा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























