राजनीति

सन्दीपको भिसाबारे संसद्‌मा ज्ञानेन्द्र शाही-सिंहलाई खोरमा राखेर नेपालको बेइज्जत गर्न खोजिँदैछ

Banner

काठमाडौं,जेठ २०-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र बहादुर शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएको विषयमा प्रश्न उठाएका छन्। उच्च अदालतले निर्दोष भएपछि क्यान र आईसीसीबाट समेत स्वीकृत भइसकेपछि सन्दीपको भिसा नलाग्नु लाजमर्दो भएको बताए।

उनले अघि भने, ‘सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो।’
साथै, उनले परराष्ट्र नीतिको बारेमा पनि प्रश्न उठाए। ‘हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँरु पञ्चशीलको आधारमा बनाएको हो कि पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा बनाएको हो ?,’ सांसद शाहीले भने।

अमेरिकासँगको सम्बन्ध ७६ वर्ष भएको बताउँदै उनले अन्तर्राष्ट्रिय खेलाडीलाई भिसा नदिनु दुःखद भएको पनि बताए। ‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन। यसबारे सम्पूर्ण संसद् मौन देख्छु। संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन,’ उनले भने। उनले अघि भने, ‘आज सिंहलाई खोरमा राखेर सिकार गर्न पठाइँदैछ, नेपालको बेइज्जत गर्न खोजिँदैछ, नेपालको अस्तित्व खतरामा पर्दैछ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>