राजनीति

संसदमा बोल्दै चन्द्र भण्डारीले दिए सूचना– जनताले संसद्लाई बाँदर उपहार पठाउँदैछन् रे !

Banner

काठमाडौं,जेठ २०-

संसदमा जनताको कुरा नउठाएको भन्दै जनताले संसदलाई बाँदर उपहार उठाउन लागेको एक सांसदले सदनमा जानकारी गराएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले संसदमा किसानका मुद्दा नउठेकाले जनताले बाँदर उपहार पठाउन लागेको बताएका हुन् ।

‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन धुलै–धुलो भयो भनेर काठमाडौं महानगरका मेयरले पठाएको धूलो उपहारको चर्चा छ । त्यसैगरी जनताहरू जसले हामीसँग प्रश्न गर्नुभएको छ, सदनमा भुँइमान्छेका कुरा उठाउने ठाउँमा झगडा गरेर समय बिताएका छौँ । जनताले भर्खर मकै छरेका छन्, टुसा निस्कने बेलामा बाँदर आएर टुसा खान थालेका छन, किसानलाई बाँदरले अस्तव्यस्त भएका छन्,’ उनले संसदमा भने, ‘अहिले किसानहरू भन्दैछन्, हाम्रो कुरा नउठाउने बाँदर जम्मा गर्दैछन् रे, यो सदनलाई बाँदरहरू उपहार दिने रे !’

भण्डारी बोल्दा–बोल्दै शून्य समयको एक मिनेटको समय सकियो । उनले यसअघि पनि बाँदर आतंकका बारेमा सदनमा पटक–पटक कुरा उठाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>