राजनीति
विपक्षी दलको बैठकमा माधव नेपाल पनि मिसिए
०

काठमाडौं, जेठ १६-
बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एसका अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन् ।
बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन् । बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ ।
सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा थिए । यसअघि सत्ता गठबन्धन भत्काउन अध्यक्ष नेपाल र उपेन्द्र यादव मिलेर अघि बढेपछि जसपा नेपाल विभाजित बनेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























