राजनीति

सहकारी ठगी प्रकरणः सूर्य थापाको संयोजकत्वमा बन्यो ७ संसदीय छानबिन समिति

Banner

काठमाडौं,जेठ १५-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसद्‌मा उठाउँदै आएको माग सम्बोधन गर्दै सहकारी ठगीमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम सुनाएका हुन् ।

समितिको सभापति सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापालाई तोकिएको छ । समितिमा नेपाली कांग्रेसको तर्फबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेको तर्फबाट थापा र सरिता भुसाल सदस्य छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल, राप्रपाका ध्रुबबहादुर प्रधान र रास्वपाका शिशिर खनाल छन् । समितिलाई तीन महिनाको समय तोकिएको सभामुख घिमिरेले संसद् बैठकमा जानकारी गराए । समितिले विभिन्न २९ वटा सहकारीको बारेमा छानबिन गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>