समाज

जनकपुरलाई ‘विवाह केन्द्र’ र लुम्बिनीलाई ‘जन्म केन्द्र’ बनाइने

०
Banner

काठमाडौं, जेठ १५-

अर्थमन्त्री वर्षमान पुनले नेपालको पर्यटन प्रवर्द्धनका लागि वेडिङ हब (विवाह केन्द्र) र बर्थिङ हब (जन्म केन्द्र)को अवधारणा अघि ल्याएका छन् ।

मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गर्ने बताए ।

‘वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यका रूपमा विकास गरिनेछ,’ उनले भने ।

त्यस्तै, उनले रामजानकी विवाहस्थललाई ुवेडिङ हबु र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबुका रूपमा प्रवर्द्धन गरिने पनि जानकारी दिए ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>