समाचार

सिरोहियालाई एम्बुलेन्समै राखेर अदालत पुर्‍याइयो,तेस्रो पटक म्याद थप

Banner

जनकपुर,जेठ १४-

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले अस्पतालबाट एम्बुलेन्समा अदालत पुर्‍याइएको छ । सिरोहिया नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनलाई तेस्रो पटक म्याद थपका लागि आज धनुषा जिल्ला अदालत एम्बुलेन्समा ल्याइएको छ ।

अदालतले पहिलो पटक र दोस्रो पटक ३र३ दिनको म्याद अनुसन्धानका लागि प्रहरीलाई दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएपछि प्रहरीले सिरोहियालाई प्रादेशिक अस्पताल लगिएको थियो । तर त्यहाँबाट रेफर गराएर उनी काव्या अस्पतालमा उपचाररत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>