अन्तर्राष्ट्रिय

भारतमा रोकिराखेको बसमा ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

Banner

उत्तर प्रदेश, जेठ १३-

उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा थप १० जना घाइते समेत भएका छन् ।

प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको थियो । शाह जहानपुरका एसएसपी अशोक कुमार मीनाका अनुसार बसमा ट्रक ठोक्किँदा बसमा सवार धेरैजना फसेका थिए ।

एसएसपीका अनुसार बसमा श्रद्धालुहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा नै बसिरहेका थिए । त्यति नै बेला गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बसमा ठोक्किएको थियो ।

घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा हुन् । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>