अन्तर्राष्ट्रिय

चीनका एक व्यक्तिले २७ वर्षमा ३० हजारभन्दा बढी रुख रोपे

०
Banner

चीन, जेठ १३-

चीनको जिलिनमा भूतपूर्व वन फार्मकर्मीले २७ वर्षमा ३० हजारभन्दा बढी रुख रोपेका छन् । लिउ सियाओगुआङ जिलिनमा वन फार्म मजदुरको रूपमा काम गर्ने गर्नुहुन्थ्यो । उहाँले सन् १९९७ मा रुख रोप्ने प्रयास शुरु गर्नुभएको थियो । जबसम्म खुला ठाउँ रहन्छ आफू रुख रोपिरहने उहाँले बताउनु भयो । पशुपंक्षीको रक्षा गर्नु मानिसको दायित्व भएको बताउनु भयो ।

झन्डै तीन दशकपछि लिउले रोपेका रुखहरू हरियाली वनमा परिणत भएका छन् । जसले प्रत्येक वर्ष १० हजार भन्दा बढी प्रवासी चराहरूलाई गुँड र प्रजनन गर्न आकर्षित गर्दछ । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>