राजनीति

प्रधानमन्त्री प्रचण्डले देउवासँग भेटे गरेसँगै आन्तरिक छलफलमा कांग्रेस

Banner

काठमाडौं, जेठ १३-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगकोको भेटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन्।

कार्यदल र शीर्ष नेताहरूबीच पटकपटक भएको छलफलमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री दाहालले बिहान देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए। देउवासँग ४० मिनेट छलफल गरी प्रधानमन्त्री फर्किएपछि कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्। छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू छन्।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्ने सहमति भएपनि कार्यक्षेत्रबारे सहमति जुट्न नसक्दा संसद अवरोध खुल्ने अवस्था बनेको छैन।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>