चितवन विशेष

कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैनः विष्णु पौडेल

Banner

चितवन, जेठ १२-

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताएका छन् । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताएका हुन् ।

उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताए। तर यो समीकरणलाई तोड्न नदिइने उनले बताए।उनले कांग्रेसको नसिबमा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको बताएका छन्। ‘कांग्रेस सधै सत्तामा रहँदा निर्वाचनमा गएको छ। एमाले सधैं प्रतिपक्षमा रहँदा निर्वाचनमा गएको छ। यसपालि कांग्रेसको नसिबमा ०८४ साल सम्मै प्रतिपक्षमा बस्न लेखिएको छ,’ उनले भने, ‘यो गठबन्धन चुनावसम्मै जान्छ।’

‘गठबन्धन सरकारसँग डराएर कांग्रेस छटपटिएको र बेचैनी बढेको छ। संसदमा अलोकतन्त्रको हद देखायो। कुनै मर्यदा राखेन, सत्ता पक्षको ठाउँमा आएक हुलहुज्जत गर्‍यो,’ उनले भने, ‘कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन। आगामी चुनावमा जसरी पनि परास्त पार्छौं।’

पौडेलले सहकारी संस्थाको ठगीको बारेमा छानबिन समिति बनाउने सहमतीबाट पनि कांग्रेस नै पछाडि हटिरहेको दाबी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>