राजनीति

संसद् बैठक अझै सुरु भएन

Banner

काठमाडौँ, जेठ ११-

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेपछि संसदको बैठक प्रभावित भएको छ। बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ।

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन्। अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि मिसिएका छन्। अहिले कार्यदलमा छानबिनको दयारा विवाद रहेको छ। रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिंदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुन नसक्ने बताउँदै आएको छ।

त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ।

जसका कारण कार्यदलमा ढिलाई हुदाँ संसद बैठक प्रभावित बनेको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक साढे ११ भइसक्दा पनि संसद बैठक सुरु हुन नसकेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>