अर्थ
चार दिनमै सुनको मूल्य चार हजार नौ सय रूपैयाँले घट्यो
०

काठमाडौं, जेठ ११-
आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ साताको अन्तिम दिन पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको छ । मंगलबारपनि सुन प्रतितोला एक हजार दुई सय, बुधबार प्रतितोला एक सय र बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ सुनको मूल्य घटेको थियो । योसँगै चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























