समाचार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

०
Banner

काठमाडौं, जेठ ११-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा पौडेल र दाहालबीच भेट भएको हो। भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>