राजनीति

सहकारी अपचलन बिषयमा टिओआर बनाउने बिषयमा आजपनि सहमति जुटेन

Banner

काठमाडौं, जेठ १०
सहकारीको वचत अपचलनका विषयमा गठन गर्ने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन बसेको कार्यदलको बैठक बिहीबार पनि सहमतिमा पुग्न सकेको छैन ।

अब अर्को बैठक शुक्रबार साढे ८ बजे बस्ने गरी टुंगिएको कार्यदलमा रहेका एमाले सांसद महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार छलफलभने सकारात्मक भएको छ । सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सानो पाइला लगायतका सहकारीको नाम उल्लेख गर्ने तर उपप्रधानमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी सहमति जुटाउने छलफल भइरहेको उनको भनाइ छ । तर कार्यादेशमा नाम नै राख्दा छानबिन अघि नै दोषी किटान गरेजस्तो हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>