अन्तर्राष्ट्रिय

बर्डफ्लुको प्रकोपपछि झण्डै एक हजार पक्षी मारिए

Banner

काठमाडौं, जेठ १०-

भारतमा बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालिएको छ। पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीले हिजो (बुधबार) बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका बताएका हुन् ।

पशुपालन विभागका र्‍यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको अधिकारीहरूले बताए । कुखुरा फार्ममा रहेका चार हजार तीन सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।

त्यस्तै झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीले सतर्कता अपनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>