राजनीति

सरकार मिडियालाई नियन्त्रणमा राख्न उन्मुख छः कांग्रेस

Banner

काठमाडौँ, जेठ ९-
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले मिडियालाई नियन्त्रणमा लिने र पत्रकारलाई त्रासमा राख्ने नियततर्फ उन्मुख रहेको भन्दै घोर निन्दा गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारका पछिल्ला कदमहरुको गहिरो समीक्षा गर्दै संविधान, लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर पार्ने कार्यहरुप्रति निन्दा गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सरकार वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने कार्यहरु गर्न उद्दत देखिएको बताए ।
उनले सरकारले नै जनतालाई ठगी गर्ने, अपराधीलाई संरक्षण गर्ने, संविधान, लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतामा आक्रमण गर्दै निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाए । बैठकले देशभरका सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेको छ भने सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनसहित ठगीमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रवक्ता महतले सरकारले मिडियामाथि नियन्त्रण बनाउने, पत्रकारहरुलाई त्रासमा राख्ने र प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्दत देखिएको बताए ।
ुठगीका आरोपितहरुले गृह प्रशासन चलाउने, सत्ता गठबन्धनले संरक्षण गर्ने काम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>