राजनीति

गगनको तारिफ गर्दै रविलाई रामकुमारीको चुनौती- आरोपको भार पूरा गर्नुपर्छ

०
Banner

काठमाडौं,जेठ ७-

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको आरोपमा प्रतिक्रिया जनाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले महामन्त्री थापामाथि विभिन्न आरोप लगाएपछि झाँक्रीले आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्ने बताएकी हुन् ।

आइतबारको संसद्‌ बैठकमा लामिछानेले थापामाथि विभिन्न आरोप लगाएका थिए । उनले थापामाथि विदेशीललाई सूचना बेचेकोदेखि कृषि अनुदानको रकम हिनामिना गरेकोसहितका आरोप लगाएका थिए । यसबारे नेतृ झाँक्रीले थापा युवाहरूको राजनीतिक आइकन भएको बताउँदै उनीमाथि लगाइएका आरोपको प्रमाणको भार स्वयंले बोक्नुपर्ने बताएकी हुन् ।

“गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,” झाँक्रीले सोमबार सामाजिक सञ्जालमा लेखेकी छन्, “गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस !”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>