राजनीति

गगनलाई कारबाही नगरे रविलाई बर्खास्त गरेर गिरफ्तार गर्नुपर्छः भीम रावल

०
Banner

काठमाडौं,जेठ ७-

नेकपा एमालेका नेता भीम रावलले यदी नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई कारबाही नगर्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री रवि लामिछानेलाई बर्खास्त गर्नुपर्ने बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीसमेत रहेका लामिछानेले राज्यका सूचना बेचेको आरोप गगनमाथि लगाएका थिए।

‘यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस्,’ रावलले अघि भनेका छन्, ‘यदी गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रमं प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ।’त्यस्तै, थापाले भ्रष्टाचार गरेको भन्दै विभिन्न मुद्दाबारे समेत संसद्मा जानकारी गराएको भन्दै ती मुद्दामा राज्यका निकायबाट अनुसन्धान हुनुपर्ने उनको माग छ।

‘राज्य कानून र मर्यादमा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनता प्रति गद्दारी गरेको ठहर्छ,’ उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>