राजनीति
मधेशमा नयाँ सरकार बनाउन चार दलको कसरत
०

काठमाडौँ, वैशाख ३०–
जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको कसरत सुरु भएको छ । मधेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि भोलि प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेश गर्ने तयारी गरेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र आज मात्रै सरकारबाट समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेको थियो ।
छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुङ्गो लागेको छ । नयाँ सरकार गठनका लागि भोली प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने एमाले केन्द्रीय सदस्य सञ्जिव झा ‘सुरज’ले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























