राजनीति

डा. गोविन्द केसीले थाले २२ औँ अनसन, प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

Banner

काठमाडौं,बैशाख २९-

डा. गोविन्द केसीले २२ औँ अनसन सुरु गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै शनिबारबाट डा. केसीले पशुपतिको मृगस्थलीमा आमरण अनसन सुरु गरेका हुन्। सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने डा.केसीको माग छ।

उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन्।डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा। निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्‌।’

बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>