राजनीति
पार्टी विभाजन गर्नेलाई कुकुरको संज्ञा दिदै उपेन्द्रले भनेः उनीहरुलाई लोभलालचमा फुटाइएको हो
०

जनकपुरधाम, वैशाख २९-
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन गर्नेहरुलाई कुकुरको संज्ञा दिएका छन् ।
जनकपुरधाम पुगेका यादवले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लोभी पापीहरु पार्टीबाट बाहिरिदैँमा पहिचान र राष्ट्रिय मुक्ति आन्दोलनमा असर नपर्ने र कुकुरले टोक्यो भने कुकुरलाई टोक्न नजाने बताए।
अध्यक्ष यादवले अन्तैबाट फुटेरै आएकाहरु थप स्वार्थ पुरा गर्न अन्त गएको बताए । ‘फुट्नेहरु आफैँ फुटेको होइन्,’ उनले भने, ‘अरुले फुटाइदिएको हो । अलिकति लोभलालच देखाएर ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























