राजनीति

संसद् बैठकः कांग्रेसले सुरुमै ‘ढ्यापढ्याप’ गर्ने

Banner

काठमाडौँ, वैशाख २८-

नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने तर संसद्को अन्य कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार कांग्रेसले बैठकको सुरुमै ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराउने छ । त्यसपछि आफू बोल्ने र रवि लामिछानेले बोल्न समय मागे दिने र उनी बोलेपछि पुन संसद् अवरोध गर्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री समेत रहेका रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद् अवरोधको अडान कायमै राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>