राजनीति

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

Banner

काठमाडौँ, वैशाख २७-

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । आज ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयसमक्ष दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गए राति प्रदेश प्रमुखले ४८ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । आज बिहान एमालेका हिक्मत कार्कीले नेपालको संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बहुमत सदस्यहरूको समर्थनसहित दाबी पेस गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>