राजनीति
जसपा फुटाउन धेरै खर्च गरिएको देखियोः उपेन्द्र यादव
०

काठमाडौं, वैशाख २६-
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको बताएका छन्।
पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी फुटायौँ भनेर प्रचार गर्नेहरूको पक्षमा जनमत नहुने बताए।
उनले भने-लाखौँ पार्टी सदस्य र नेताहरू हामीसँगै छन्, केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी हामीसँगै छन्, कार्यकारिणी समितिको बहुमत सदस्य यही बसिराख्नुभएको छ। ५-७ सांसदहरू मन्त्री बनाइदिने, अनेक प्रलोभन, खर्च पनि निकै गरिएको देखियो, खर्च गरेरै भए पनि पार्टी फुटाए भनेर जुन किसिमको प्रचार गरिएको छ त्यसले जनआधार पाउँदैन, पार्टी अझै सुदृढ भएर जान्छन्।
उनले आफूले कार्यवाहक अध्यक्ष दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























