राजनीति

पालैपालो प्रधानमन्त्री बन्ने हल्ला चलेको विषयमा उपेन्द्रले भनेः मैले कांग्रेसका नेतासँग बसेर चिया पनि खाएको छैन

Banner

काठमाडौं, वैशाख २६-

जनता समाजवादी नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसका नेताहरूसँग बसेर एक कप चिया पनि नखाएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले सरकार ढाल्ने विषयमा आफूले कांग्रेसका नेताहरूसँग छलफल नगरेको पनि दाबी गरेका हुन् ।

‘संयोग नै मान्नुपर्छ यो सरकार बनेपछि मैले कांग्रेसका एक जना नेतालाई भेटेको छैन, सँगै बसेर एक कप चिया पनि खाएको छैन,’ अध्यक्ष यादवले भने,‘संघीयताको रक्षा र सरकारको स्थायित्वको लागि यही सरकारलाई समर्थन गर्नुपर्छ भन्नेमा पहिले पनि थिएँ। समर्थन यथावत् छ।’

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री हुने विषयमा पनि छलफल नभएको बताए । “एक वर्ष उपेन्द्र यादव, एक वर्ष माधव नेपाल, दुई वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्ने हल्ला जुन चलाइएको हो । त्यो प्रायोजित कपोलकल्पित हल्ला हो,” उनले भने, “त्यो भ्रममा कोही परेको भए मुक्त भए हुन्छ । कुराकानी नै भएको थिएन ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>