राजनीति

सांसद सुहाङले आज शपथ ग्रहण गर्दै

Banner

काठमाडौं, वैशाख २६-

उपनिर्वाचनमा इलाम – २ बाट निर्वाचित भएका नेकपा एमाले सांसद सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दैछन् ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने छन् ।

शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा हुने छ । यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>