राजनीति

संसदीय समिति गठनमा कांग्रेसको अडान यथावत्

Banner

काठमाडौँ, वैशाख २६-

शुक्रबारदेखि सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशन पनि अवरोधरहित सञ्चालन हुनेमा चुनौती देखिएको छ ।

हिउँदे अधिवेशनबाटै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाएको सहकारीको रकम हिनामिनामा संसदीय समिति गठनबारे दलहरू सहमतिमा नपुग्दा आउँदो अधिवेशन पनि प्रभावित हुने देखिएको हो । आगामी अधिवेशनको काम कारबाही र संसदीय समिति गठनलगायतका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेको सर्वदलीय बैठकका दलहरूले पुरानै अडान यथावत् राखेका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको ठुलो रकम हिनामिनामा बहालवाला उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकाले छानबिनको माग यथावत् राखेको छ । सर्वदलीय बैठकमा पनि कांग्रेसले पुरानै माग दोहोर्‍याएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा गृहमन्त्री लामिछानेले भने समिति आवश्यक नरहेको धारणा नै दोहोर्‍याएका छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कांग्रेसको मागमा समर्थन जनाउँदै आएको छ । सर्वदलीय बैठकमा पनि राप्रपाले उक्त विषयमा समर्थन जनाएको छ ।

कांग्रेसले लामिछाने गृहमन्त्री कायम रहँदा मातहतको निकायले छानबिन गर्न नसक्नै भन्दै समिति माग गरेको हो । सर्वदलीय बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अधिवेशन प्रारम्भसम्म समिति गठनका लागि सत्तापक्ष तयार हुनेमा आफूहरू आशावादी रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>