राजनीति

अरुलाई नराम्रो नदेखाइ इमान्दार भएर काम गर्नेछुः सुहाङ नेम्बाङ

Banner

काठमाडौं, वैशाख १८-

इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् ।

निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् ।

‘म कसैलाई गाली गर्नेछैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट माग्नै नपर्ने गरी काम गर्नेछु ।’

नेम्बाङले आफूले पाएको मत र भरोसाको एकएक हिसाब गर्दै अगाडि बढ्ने बताए । उनले भने, ‘तपाईंहरूलाई कहिल्यै पनि पछुतो हुन दिनेछैन । तपाईंहरूको सल्लाह सुझावमै अगाडि बढ्ने छु । काम गरेर देखाउने छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>