राजनीति

इलाममा रास्वपाको जमानत जफत, मिलनले ल्याउन सकेनन ६ हजार मत

Banner

इलाम,बैशाख १८-

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना सकिएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ नेम्वाङ विजयी बनेका छन । जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र ल्याए ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ । कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>