राजनीति
इलाम–२ मा कांग्रेसको अग्रता कायमै
०

काठमाडौं, वैशाख १६-
इलाम–२ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार १५५ मत ल्याएका छन्। उनीभन्दा ९२ मतले पछि रहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६३ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकिन्द्रसिंह थेगिमले ३१३ मत प्राप्त गरेका छन्।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले २११ मत प्राप्त गरेका छन्। अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ को मतगणना भइरहेको छ।
इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। यो क्षेत्रमा ६९ हजार २८७ जनाले मतदान गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























